काठमाडौं, कात्तिक १७ ।

राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणको लागि प्रस्थान गरेका छन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका राष्ट्रपति कार्यालयले जानकारी गराएका हुन् ।
राष्ट्रपति पौडेल सहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमणलाई स्वकृत गर्ने निर्णय गरेको थियो । जेनजि आन्दोलन पछि केहि अस्वस्थ रहेका राष्ट्रपति पौडेल लामो समयपछि बिदेश भ्रमणमा गएका हुन ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।
अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त



284 पटक हेरिएको 
















