जापानको यामानाशी प्रान्तमा काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर एक नेपाली युवाको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1502 पटक हेरिएको

जापान, कार्तिक १७।   

जापानको यामानाशी प्रान्तमा एक नेपाली युवाको काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर निधन भएको छ । सोमबार दिउँसो नेपालको कास्की जिल्ला साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत स्थायी घर भई विगत केहि वर्षअघिदेखि यामानाशी प्रान्तको फुएफुकी नजिकै ईसुवाई नामक आल्मुनियम कम्पनीमा कार्यरत २७ वर्षिय सन्तोष दाहालको सोमबार विहान ११ बजेतिर कार्यस्थलमा दुर्घटनामा परि निधन भएको हो । दाहालको श्रीमती तथा करिब १ वर्षकी एक छोरी छन् ।

जापानी संचार माध्यम एनएचके समाचार अनुसार प्रेस मेसिनमा काम गर्ने ठाउँमा दाहाल ढलेको अर्का कर्मचारीले भेट्टाएपछि फुएबुकी शहरको एक अस्पतालमा पुर्याउँदा मृत्यु भएको समाचारमा उल्लेख छ । प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार