जापान सरकारसंग कर छूटको माग सहित ७ बुँदे माग राख्दै परराष्ट्मा एनआरएनए जापानको ज्ञापन पत्र

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  320 पटक हेरिएको

काठमाडौं, कार्तिक १६ । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए जापानले नेपाल जापानका लागि नेपाल एयरलाइन्सले हवाई टिकटमा चर्को भाडा दर कायम गरेकोले भाडा दरमा समायोजन गर्न माग गरेको छ । मंगलबार नेपाल सरकार परराष्ट्र मन्त्रालयमा पुगी परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई भेटेर एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो ।

कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा संसार भरि रहेका गैरआवासीय नेपाली संघहरूले नेपाल र नेपालीहरूको समस्यामा हातेमालो गर्दै आईरहेको कुरा समेत अवगत गाएके छ । प्रवासमा रहेका नेपालीहरूले चाहेर पनि आफ्नो मुलुक आवात जावात गर्न नपाईरहेकाले जापानको हकमा नेपाल सरकार परराष्ट्र मन्त्रालय मातहतबाटै पहल हुनुपर्ने जापानवासी तथा जापान जाने योजनामा रहेका सम्पूर्ण नेपालीहरुको अनुरोध र आवश्यकतालाई सम्बोधनार्थ सकारात्मक पहल कदमीको अनुरोध सहित ध्यानाकर्षण गराएएको महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवेश योग्यताको प्रमाण पत्र सिओई प्राप्त गरेर बसेका विभिन्न भिसा स्टाटस भएका नेपाली करिब २ वर्ष अघीदेखी हालसम्म करिब १० हजार जना विद्यार्थीहरुले कलेज भर्ना शुल्क प्रतिब्यक्ति करिब १० लाख नेपाली रुपैया बुझाएर पनि जापान प्रवेश गर्न नपाईरहेकाले सहजिकरणका लागि पहल गर्न समेत अपिल गरेको छ ।

एनआरएनए जापानद्वारा मन्त्रीलाई बुझाएको ज्ञापन पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार