नेपाली सेनाले खरिद गरेको कार्गो जहाज आज काठमांडौ आईपुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  713 पटक हेरिएको

काठमांडौ, कार्तिक १६ । नेपाली सेनाले कार्गो जहाज ल्याएको छ। नेपाली सेनाले ईन्ड़ोनेसियाबाट खरिद गरेको जहाज आज काठमांडौ आइपुगेको हो।

कार्गो जहाज

सन् २०१७ अर्थात २०७४ सालमा खरिद सम्झौता गरेको फिक्सड बिइङ एअर क्राफ्ट जहाज शनिबार विहान १०:५६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।

नेपालीसेनाका अनुसार बिमान इण्डोनेसियाको बेष्टजाभा बान्डुङस्थित हुसेन सस्त्रानेगारा एअरबेसबाट काठमांडौका लागी उड़ेको थियो । बिमान निर्माण तथा खरिदका लागी सेनाले सन २०७४ सालमा पिटिडीआईसंग तीन करोड ४७ लाख डलरमा लिने सम्झौता गरेको थियो । सोही मूल्यको जहाज सेनाले इन्डोनेशियाबाट ल्याएको हो।

कल साइन सियन २३५-२२० जहाजलाई प्याराजम्प र विपत व्यवस्थापनका कार्य गर्दा प्रयोगमा ल्याउने सेनाको तयारी रहेको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

‘यो जहाज मुख्यगरी ट्रान्सपोट, विपद र प्याराजम्पका बेला प्रयोगमा आउँछ,’ पाण्डेले सेतोपाटीसँग भने, ‘५१ जना बोक्न सक्ने यो जहाज भिआइपीका लागि पनि प्रयोग गर्न मिल्ने सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार