नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, आज उम्मेदवारको टुंगो लगाउने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  459 पटक हेरिएको

काठमाडौं, कार्तिक,१६ ।

नेकपा सचिवालयको बैठक बालुवाटारमा बस्दैछ।आज (शनिबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार समेत रहेका कुन्दर अर्यालले जानकारी दिनुभयो ।

आजको बैठकका एजेण्डाका विषयमा प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग शुक्रबार छलफल गर्नु भएको थियो । सोही छलफलको आधारमा आजको बैठक डाकिएको हो ।

प्रचण्ड र पोखरेलसँगको कुराकानीपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको निर्देशनमा महासचिबले शनिबार बिहान १० बजेका लागि सचिवालय बैठक बोलाउनु भएको थियो ।आजको बैठकले उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको समेत टुंगो लगाउने स्रोतले जनाएको छ। बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा पनि छलफल हुने अर्यालले जानकारी दिनुभयो।

आजको बैठकबाट मंसिर १४ गते हुने उप निर्वाचनका लागी खाली रहेको १ प्रतिनिधिसभा, ३ प्रदेशसभा र ४९ जना स्थानीय निकायका मेयर , उप-मेयर र वडा अध्यक्ष सदस्यहरूको टुंगो लगाउने पनि नेकपा सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार