चर्चित गायिका मिलन अमात्यको मोबाईल र ब्याग चोरी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  534 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक १६ ।

नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायिका मिलन अमात्यको मोबाईल र ब्याग चोरी भएको छ । मिति २०७६।०७।१३ गते अर्थात अक्टोबर ३१ तारिकको दिन बेलुकि घर फर्कने क्रममा कुलेस्वर मेट्रो अपार्ट्मेन्ट अगाडिबाट मोबाईल र ब्याग चोरले लुटेको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेकी छिन । उक्त ब्याग भित्र अति महत्वपूर्ण सामानहरु रहेकोले कहि कतै फालेको अबस्थामा भेटेमा नजिकको प्रहरीचौकी वा निजको फेसबुकमा म्यासेज गरी जानकारी गराईदिनु हुन भनि बिशेष अनुरोध गर्दै पोष्ट गरेका छन ।

झोलामा लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण कागजात पनि रहेकोले पाउनेले वा भेट्टाउनेले नजिकको प्रहरी चौकी तथा मलाई सिधै सामाजिक संजाल फेसबुकमा म्यासेज गरेर सहयोग गर्न समेत सबैलाई अपिल गरेकी छिन ।

कृपया जस्ले यो कार्य गरेको हो, अरु लगेर मोबाईल, लाईइसेन्स, ब्लु बुक र कार्ड सुरक्षित रुपमा कुनै माध्यमद्वारा उपलब्ध गराई दिनु होला भनि अपिल समेत गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार