माथिल्लो त्रिशुली–१ का लागि ५० अर्बको वैदेशिक लगानी सम्झौता सम्पन्न

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1188 पटक हेरिएको

काठमाडौं, कात्तिक, १५ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले माथिल्लो त्रिशुली–१ नेपालको  गेम चेञ्जर परियोजना भएको बताएका छन् ।

शुक्रबार काठमाडौमा उक्त परियोजनामा लगानी जुटाउन भएको सम्झौता कार्यक्रममा उनले उक्त परियोजनाले नेपालको जलविधुत क्षेत्रको अवधारणा नै परिवर्तन गर्ने भन्दै उक्त आयोजना नेपालको  गेम चेञ्जर परियोजना भएको बताएका हुन् ।

उनले भने, ‘यसले हजारौ घरहरु तथा व्यापारिक प्रतिष्ठानलाई बिधुत मात्र प्रदान गर्ने छैन, निजी कम्पनीहरुले नेपाललाइ जलविधुतको क्षेत्र बिस्तार गर्न र धेरै आवश्यक रहेको प्रत्यक्ष बैदेशिक लगानी आकर्षित गर्न सहयोग पुराउन उदाहरणको रुपमा समेत काम गर्नेछ । ‘ मन्त्री पुनले तोकिएको समयमा नै उक्त आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास समेत व्यक्त गरे । त्यस्तै उनले नेपालमा लगानीको वातावरण निर्माण भएको भन्दै अव जलविधुतको क्षेत्रमा लगानी भित्रने क्रमले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरे । यसले नेपाललाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाऊने र बिधुत क्षेत्रको अर्कों उपलब्धि रहेको समेतबताउनु भयो ।

नेपालमा उत्पादित हुने विद्युत् खपतका लागि आन्तरिक र बाह्य सबै तयारी गरिएको भन्दै उनले भने, ‘छिमेकी देशसँग पनि द्विपक्षीय तथा त्रिपक्षीयरुपमा संवाद भएका छन्, देशभित्रै पनि ऊर्जा खपतका लागि आवश्यक वातावरण तयार पारिएको छ ।’

पुनले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको र त्यसको उपयोगमा लागि सरकारले लगानीकर्तालाई हरतबरबाट सहजीकाण गरिरहेको बताए । उनले सरकारले राखेको समृद्धिको लक्ष्य जलविद्युतको उत्पादनबाट पुरा गर्न सहज रहेको उल्लेख गरे  ।

त्यसका लागि नेपाललाई ठूलो विदेशी पुँजी आवश्यक रहेकाले लगानीकर्तालाई ढुक्कसँग नेपालको जलविद्युत आयोजनाहरुमा लगानी गर्न उनले आग्रह गरे ।

अर्थमन्त्री डा खतिवडाले नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको विषयमा हालै प्रकाशित डुइङ विजनेश रिपोर्टले समेत स्पष्ट पारिसकेको बताए । विश्व बैंकले हालै प्रकाशित गरेको डुइङ विजनेश रिपोर्टमा नेपाल ९४ स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार