सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  506 पटक हेरिएको

काठमाडौं, कार्तिक १६ ।

नेपाल सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएका हुन् ।

सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना निकालेर धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको जानकारी दिए । उनले सरकारले आफैं उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार