राष्ट्र निर्माणको स्पष्ट खाका नागरिक समुहसँग रहेको निगम हुमागाँईको उद्घोष, सम्पुर्ण अभियान्तालाई साथ दिन आह्वान (भिडियो अन्तवार्ता)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1174 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक १६ ।  

भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम बिगतका दिन देखि निरन्तर भिजन अनलाईन न्युज र भिजन एच.डि.टि.भिबाट प्रत्येक बिहिबार जापानको फुकुओकाबाट प्रुारण गर्दै आईरहेको छ । बिश्व भरि छरिएर रहेका युवा तथा देशको समृद्धि, बिकास र परिवर्तन चाहने युवाहरुलाई जोडी राष्ट्र निर्माणको लागि बहस चलाउदै आईरहेको छ । आजको मितिसम्म ५ एपिसोड प्रसारण गरिसकेको कार्यक्रम अन्तराष्ट्रि युवा बहस कार्यक्रममा नेपाली राजनितिका प्रबल सम्भावना बोकेका जुजारु युवा नागरिक समुहका अध्यक्ष निगम हुमागाईसँगको बहस कार्यक्रमण प्रसारण गरेका थियौँ ।

उक्त कार्यक्रममा बोल्दै नागरिक समुहका अध्यक्ष निगम हुमागाईले देशका नेता तथा कार्यकर्ता लगायत बिभिन्न अभियान्ताका प्रतिनिधिहरुमा राष्ट्र निर्माणको यथार्थ खाका नहुनु र अर्काको लहैलहैमा लागेर राजनितिमा लाग्नु नै प्रमुख कारण रहेको बताउनु भयो । नागरिक समुहसँग स्पष्ट राष्ट्र निर्माणको खाका रहेकोले सम्पुर्ण अभियान्ताहरुलाई एक जुटहुन समेत अनुरोध गर्दै बिरोध भन्दा नि स्पष्ट खाका र भिजन भएका ब्यक्ति तथा पार्टिलाई साथ दिन समेत अनुरोध गरे । राष्ट्र निमार्णको लागि पर्यटकिय क्षेत्रको बिकास गर्नुपर्ने र देश भित्र रहेका युवाहरुलाई आधुनिक कृषि प्रणालीमा सहभागि गराई स्वरोजगार गरेमा मात्रम राष्ट्र निर्माण हुन सक्ने कुरामा जोड दिदै सक्षम युवाहरुलाई राष्ट्र निर्माणमा जोडिन समेत अपिल गरे ।

देश भित्र रहेका खनिज पदार्थको खानीहरु पहिचान गर्ने र पहिचान भएका खनिजका खानीहरु उत्खलन गरि बिदेशमा निर्यात गर्न सक्यो भने नेपाल सक्षम र परनिर्भर रहन सक्ने भएकोले सरकारलाई त्यस्ता खनिज पदार्थका खानीहरु उत्खलन गर्न समेत अनुरोध गरे । राष्ट्र निर्माण बाधा पुर्याउने सबै भन्दा महत्वपुर्ण पक्ष भनेको कर्मचारी र नेताहरु भष्ट्राचारमा लिप्त हुने, देशभित्रको निर्वाचन प्रणलीमा आमुल परिवर्तन गर्नुपर्ने समेत बताउनु भयो । अन्तराष्ट्रिय युवा बहस कार्यक्रमका बाँकी संबाद हेर्नको लागि तलको भिडियो हेर्नुहोला ।

अन्तराष्ट्रिय युवा बहसमा निगम हुमागाई भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार