जापानमा आमनिर्वाचन: तल्लो सदनमा सत्ताधारी दल एलडीपीले ल्यायो २३३ सिट सहित सुविधाजनक बहुमत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  875 पटक हेरिएको

जापान, कार्तिक १५।  

जापानमा हिजो सम्पन्न संसदीय निर्वाचनको संसदको तल्लो सदनको लागि भएको आमनिर्वाचनमा सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीको गठबन्धनले बहुमत कायम राखेको छ । अक्टोबर ३१ तारिख भएको निर्वाचनमा प्रधानमन्त्रीको पार्टी एलडीपीले बहुमत सीट ल्याएपनि यसअघि पाएको मध्ये केही सिट गुमाएको छ । जापानको सत्तारुढ गठबन्धनले आइतवारको आम चुनाव पछि प्रतिनिधि सभामा बहुमत कायम गर्ने छ । मध्यरातसम्मको मतगणना परिणाम अनुसार निर्वाचनले नयाँ प्रधानमन्त्री फुमिओ किशिदालाई सत्तामा रहन मार्गप्रशस्त गरेको जापानि संचार माध्यमले जनाएको छ ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीले यसअघि प्राप्त सिट गुमाएको छ भने केहि नयाँ ठाउँमा जित्न सफल भएका छन । विपक्षी दलहरूले थप स्थानहरुमा सिट जितेका छन् । सत्ताधारी दलको बहुमत रहेपनि मतपरिणामले आर्थिक र राष्ट्रिय सुरक्षा नीतिहरूमा जनताको पर्याप्त समर्थन पाउन नसकेको देखिएको छ । एलडीपी र यसको सानो साझेदार कोमेईतोले स्पष्ट रूपमा संसदको शक्तिशाली तल्लो सदनमा ४६५ सीट मध्ये कम्तीमा २३३ सिट प्राप्त गरिसकेको छ । निर्वाचनअघिको निर्वाचनमा सत्ताधारी दल एलडीपीले २ सय ७६ सिट जितेको थियो ।

चुनावअघि सत्ताधारी समूहले ३०५ सिट र विपक्षीले १५६ सिट पाएका थिए । ४६५ सिट भएको सदनमा बहुमतका लागि जम्मा २३३ सिट आवश्यक पर्छ । सत्तारुढ गठबन्धनले बहुमत कायमसंगै आफूले जितेको दाबी गर्दै किशिदाले चुनावी नतिजाले आफूलाई शासन गर्ने महत्वपूर्ण जनमत प्राप्त भएको दाबी गरेका छन । जापानको संवैधानिक लोकतान्त्रिक पार्टी लगायत विपक्षी दलहरूले सरकारको महामारीको आलोचना गरेका थिए र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रहरूमा समान उमेदवारहरूलाई समर्थन गर्न एकसाथ आय असमानता कम गर्ने वाचा गरेका थिए ।

सिडिपिजे नेतृत्वको गठबन्धनमा सामेल नभएको र संवैधानिक सुधार लगायतका केही मुद्दाहरूमा एलडिपीसँग सहमत रहेको विपक्षी समूह जापान इनोभेसन पार्टीले लगभग ३० सिट जित्ने देखिएको छ । यो चुनावअघि भएको संख्याको झण्डै तीन गुणा बढी हो । ४६५ संसद संख्याको निर्वाचनमा हालसम्मकै कम १ हजार ५१ जना चुनावी मैदानमा उत्रिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार