जापान, ओकिनावा, अक्टोबर ३१। पाँच सय वर्षअघि निर्माण भएको जापानको ओकिनावामा अवस्थित विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी भएको छ । जापानको दक्षिण भागमा समुन्द्रको बिच भागमा अबस्थित ओकिनावा शहर स्थित रहेको बिश्व सम्पदा सुचिमा सुचिकृत शुरी क्यास्टलमा आज बिहान जापानको समय अनुसार २:४० बजे लागेको आगोले प्रमुख भवन जलेर ध्वस्त भएको छ । आगलागि भएपछि बिहान २:४० बजे ओकिनावाको नाहा सिटि फायर बिभागमा ईमरजेन्सी कल आएको र तत् पश्चात बिभागबाट दम्कल पठाईएको फायर बिभागले जनाएको छ ।
आगलागिबाट क्याष्टलको मेन भवन र आसपासका भवनहरु जलेर नष्ट भए पनि मानविय क्षति भने नभएको नाहा सिटि पुलिसले जनाएको छ । जापानको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य शुरी क्याष्टल आगलागिबाट पूर्ण क्षति भएको छ । ५०० बर्ष पुरानो उक्त क्याष्टल दोस्रो बिश्वयुद्धको बेला जन्मेका रियूक्यू डायनाष्टिले डिजाईन गरेको पुरानो पुरातात्विक भौतिक संरचना हो । सन् १९३३ निर्माण भएको शुरी क्याष्टललाई जापान सरकारले सन्१९९२ मा पुनर्निर्माण गरेको थियो ।
उक्त क्याष्टल १९९२ मा पुननिर्माण भईसकेपछि जापानमा जारी आठौ ग्रुप लिडर सम्मेलनमा बेन्क्यूटको रुपमा प्रयोग गरिएको थियो ।
उक्त दरबारमा बिहीबार बिहानै आगलागी भएको थियो तर, नियन्त्रणमा लिन भने कठिन भएको नाहा सिटि फायर बिभागले जनाएको छ ।