रियालिटी सो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जिते

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  235 पटक हेरिएको

पोखरा, कार्तिक १३ । 

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेका छन। नेपाल टेलिभिजनबाट प्रसारण हुर्दै आइरहेको कार्यक्रमको आज पोखरामा ग्रान्ड फिनाले भएको थियो । ग्रान्ड फिनालेबाट कलाकार पराजुली र बुढाथोकी पहिलो सिजनको दोहोरी च्याम्पियन बन्न सफल भएका हुन।पोखरामा शनिबार भएको दोहोरी च्याम्पियनको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकीको समूह च्याम्पियन भएको हो।फाइनलमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई हराएर पराजुली र बुढाथोकीको समूहले उपाधि जितेको हो ।

विजेता समूहले नगद २० लाख रुपैयाँ र १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार हात पारेको छ। कलाकार बालचन्द्र बराल र  शोभा कार्कीको समूह दोस्रो भएको छ। उपविजेता समूहले नगद १० लाख रुपैयाँ र ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ।

विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गरे । कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार