काँग्रेस नुवाकोटका युवा नेता बलात्कारको आरोपमा समातिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1086 पटक हेरिएको

ललितपुर, कार्तिक १३ ।  एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् । 

निज नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए । 

प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ । बलात्कारबारे उजुरी परेपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । केही दिन अगाडी आरआर कलेजका अखिलका नेता बलात्कारको आरोपमा समातीएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार