काठमाडौं, कात्तिक १३ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरी सहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन् । उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गर्न लागेका हुन् ।
पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको जनाएको छ । चौधरीसँग डा। सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि निर्वाचन आयोग पुगेका छन् ।
अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोडेका थिए । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । उक्त बिबादका कारण पार्टी परित्याग गरि नयाँ पार्टी गठनमा लागेका रेशम चौधरीले नयाँ पार्टी गठन गरि निर्वाचन आयोगमा दर्ता गरि निर्वाचनमा जाने तयारी थालेका हुन । जेनजीको आन्दोलन पछि गठित गरिएको सरकारले निर्वाचन मिति घोषणा गरिसकेको छ । ठुला दलहरुसँग घनिभुत छलफल समेत अगाडी बढाएको छ ।



140 पटक हेरिएको 

















