राष्ट्रिय क्रिकेट टिमको कप्तानीमा ज्ञानेन्द्र मल्ल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1027 पटक हेरिएको

काठमाडौं कात्तिक, १३ ।

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।

पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नया कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।

पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । अब देखी ज्ञानेन्द्र मल्लको कप्तानीमा अन्तराष्ट्रीय क्रिकेटमा सहभागी हूनेछ । नया जिम्मेवारी पाएकोमा कप्तान ज्ञानेन्द्र मल्ललाई हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार