नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगे

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1213 पटक हेरिएको

काठमाडौँ, कार्तिक १३ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् ।

थापाले मंगलबार ट्वीटर तथा सामाजिक संजाल फेसबुक मार्फत दिएको जानकारी अनुसार उनी अबको एक साता सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनेछन् । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् ।त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए ।

युवा नेता थापाले अबको केही समय बिध्यार्थीको रूपमा सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा रहने र पुन:बिध्यार्थी जीवनको अनुभव गर्न पाएकोमा खुशि लागेको सामाजिक संजालमा लेखेका छन । थापाले सिंगापुरमै नेपाली चेलीको हातबाट तिहारको टिका लगाएको पनि जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार