पोखरा, कात्तिक,१३। पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नम्बरको स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।