७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए बिश्व कीर्तिमान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  560 पटक हेरिएको

काठमाडौं कात्तिक, १३ । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।

३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।

यस अघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।

पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गरेका थिए । त्यसअनुसार १० वैशाखमा ८ हजार ९१ मिटर चढेका थिए । त्यसपछि धौलागिरी, कञ्चनजंघा, सगरमाथा चढेर बिश्वकृर्तिमानि कायम गर्न सफल भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार