प्रधानमन्त्री देउबा बेलायतमा, आज एनआरएनए यूके, एनपीसीसी यूके लगायत नेपाली प्रतिनिधिहरुसँगको भेटघाट तय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  527 पटक हेरिएको

लण्डन, कार्तिक १३ ।  

प्रधानमन्त्री शेरबहादुर देउबा बेलायत पुगेका छन् । नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६०) को पक्षको विश्वका नेताहरुको २६औं शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित शुक्रबार साँझ प्रधानमन्त्री लण्डन पुगेका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवालाई स्वागत गर्न शुक्रबार साँझ बेलायतमा रहेका नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, सहमहामन्त्री इन्द्रहाङ लिङदेन, कोषाध्यक्ष नोर्बू शेर्पा र अन्य सदस्यहरु नेपाली राजदुतावास लण्डन पुगेका थिए ।

प्रधानमन्त्री त्यहाँ रहँदा गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको नेपाली राजदुतावास लण्डनले जनाएको छ । जसअनुसार शनिबार बिहान १० बजे एनआरएनए यूकेले प्रधानमन्त्रीसंघ औपचारिक भेट गर्ने र त्यसको लगत्तै बिहान ११ः३० बजे नेपाली काँग्रेसको बेलायत संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले प्रधानमनित्रसंग भेट गर्ने कार्यक्रम रहेको राजदुताबास स्रोले जनाएको छ ।

दुवै कार्यक्रमहरु नेपाली राजदुतावास लण्डनमै हुनेछन् । एनपीसीसी यूकेको कार्यक्रममा पार्टी नेता नेता शेरबहादुर देउबाले बेलायतस्थित आफ्ना कार्यकर्ताहरुलाई आगामी १४र्औ महाधिवेशनको बारेमा आवश्यक जानकारी दिने योजना रहेको एनपीसीसी यूकेका सभापति युवराज गुरुङले बताए । शनिबार साँझ नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा प्रधानमन्त्री सरिक हुने कार्यक्रम पनि रहेको जनाएको छ ।

आइतबार दुतावासले आयोजना गरेको भेटघाट कार्यक्रममा सरिक भई प्रधानमन्त्री स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि २६औं शिखर सम्मेलनमा भाग लिन तर्फ लाग्ने योजना रहेको छ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार