कलाकार नन्दा बस्यालले ईन्डोनेसियामा सम्पन्न तेक्वाण्डो खेलमा पदक जितिन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1344 पटक हेरिएको

इण्डोनेसिया, अक्टोबर २९ ।

ईन्डोनेसियामा सम्पन्न २ दिने अन्तराष्ट्रिय तेक्वाण्डो “Indonesia Asian Taekwondo Hanmadang Championship on jakarta 26th -27th” प्रतियोगितामा सहभागी भएका कलाकार समेत रहेकी तेक्वाण्डो खेलाडी नन्दा बस्यालले पदक जित्न सफल भएका छन । उनले यहि अक्टोबर २६ र २७ तारिक ईन्डोनेसियाको जाकार्तामा आयोजित अन्तराष्ट्रिय तेक्वाण्डो च्याम्पियनसिप २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि भएका कलाकार बस्यालले पदक जित्न सफल भएको हो ।

“मेरो देश को झण्डा काध मा राखेर मैले पदक लाये मेरो आँखा देखी खूसी को आशु आयो मैले लुकाऊन सकिन गर्ब छ मलाई नेपाली हुनमा- कलाकार नन्दा बस्याल “

नेपाली कला क्षेत्रमा लामो समय काम गरेकी बस्याल पछिल्लो समय भने नेपाल टेक्वाण्डो संघको केन्द्रिय सदस्यको रुपमा काम गर्दै खेल क्षेत्रमा सक्रिय हुदै राष्ट्रिय तथा अन्तराष्ट्रिय तेक्वाण्डोमा सहभागि हुदै आईरहेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार