
जापान, फुकुओका, अक्टोबर २९ ।

जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २८ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष पुजाआजा गरी मनाउने महःपुजा नेवारहरुको महत्वपूर्ण चाड हो ।

सम्पूर्ण परिवार एकै ठाऊमा जम्मा भएर मण्डप बनाई घरको मूलीले सबैलाई ३/३ पटक सम्म पूजा गरेर सगुन खाने र अन्त्यमा भोज गरी मनाऊँने प्रचलन छ । सोही प्रचलन र नेवारी संस्कृतिको संरक्षणको लागी र मह:पूजा गर्नाले जीवन सुद्धि हुने धार्मिक बिश्वास रहीआएकोले रात भरी लगाएर मह:पूजा गर्नाले राक्षस वा सत्रुको नास हुने किंबदंती रहदै आएको छ । मह:पूजाको धार्मिक महत्व बिशेष रहेकोले नेवा अन्तराष्ट्रीय संगठन , क्यूशु क्षेत्रीय कमिटिले मह:पूजा भने प्रत्येक बर्ष मनाउदई आएका छन ।

जापानको फुकुओका बसेर नेपालको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका नेपाल फेष्टिबल फुकुओका जापानका संरक्षण समितिका संयोजक समेत रहनु भएका बरिष्ठ ब्यक्तित्व रामकृष्ण श्रेष्ठले फुकुओका स्थित रहेका NHK टेलिभिजनका फुकुओका शाखाका म्यानेजिङ्ग डाईरेक्टर सहितको टिमलाई पनि उक्त महःपुजा कार्यक्रममा सहभागि गराई आफ्नो कला, संस्कार, संस्कृति र चाडको धार्मिक महत्वको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

अघिल्लो बर्ष फुकुओका स्थित रहेका सम्पूर्ण नेपाली र जापनिजहरूको बाक्लो उपस्थितिमा बृहत रूपमा मह: पूजा गरेका नेवार समाजले यो पटक भने फुकुओकामा रहेका नेवार र केही जापनिज नागरिकको उपस्थितिमा मह:पूजा सम्पन्न गरेका हुन । यस बर्षको मह:पूजा भने हलको अभावले हाकोजाकी स्थित ससुराली नेपाली रेस्टूरेन्टमा आयोजना गरीएको अन्तराष्ट्रीय नेवा समाज क्यूशुका अध्यक्ष धर्म महर्जनले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा आर्थिक व्यवस्थापन भने प्रबिन श्रेष्ठले गर्नुभएको थियो भने आवश्यक नेवारी मह:पूजामा प्रयोग हुने सामग्रीहरूको व्यवस्थापन भने संजिता रंजितले गरेका थिए ।

म्हःको शाब्दिक अर्थ देह या शरीर हो । यसअर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ । नेपाल पञ्चांग निर्णायक समितिको निर्णय ढिलो आएको र जापान स्थित नेवार समुदायले मह:पूजाको समय र स्थान पूरानै पात्रो अनुसार तय गरीसकेकोले सोही दिन मह:पूजा आयोजना गरीएको पनि अध्यक्ष धर्म महर्जनले बताउनु भयो ।

जापान फुकुओकामा आयोजित महःपुजा बिशेष फोटो फिचर














महःपुजा स्पेशल भिडियो
Gepostet von Shanta Man Shakya am Montag, 28. Oktober 2019
