काठमाडौं, कार्तिक १२ ।
वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाईरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन् । निज प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशँैमा झापाको मेचीनगरस्थित घर पुगेका थिए।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताएका छन् । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोरोना भाईरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । अहिले दुबै जना घरमा आईसोलेसनमा रहेको जनाएको छ ।