चीनमा जारी अन्तराष्ट्रीय आई॰टी॰एफ़॰खेलमा राप्रपा अध्यक्ष कमल थापाको बिजयी शुरुआत

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  626 पटक हेरिएको

चीन, अक्टोबर २७ ।

राप्रपा अध्यक्ष कमल थापा हाल चीनमा जारी आई॰टी॰एफ़॰सेनजेन अन्तराष्ट्रीय सेनिअर सर्किट खेलमा नेपालको तर्फबाट सहभागी भई खेलिरहेका छन । नेपालको राष्ट्रीय राजनीतिका चतुर खिलाडी समेत रहेका थापा राष्ट्रीय प्रजातंत्र पार्टीका अध्यक्ष समेत हुनुहुनछ । अध्यक्ष थापा राजनीतिमा मात्र नभई खेल प्रति पनि उत्तिकै रुचि राख्ने नेताको रूपमा हुनुहुंछ । राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलहरूमा सहभागी हुदै आएका अध्यक्ष थापाले केही महीना अगाडी पोखराजारी ब्याटमिन्टन खेलमा पनि अरु खिलाडीलाई हराउदई प्रथम हून सफल हुनुहुनथ्यो ।

नेपाल भ्रमण २०२० को प्रचारात्मक जर्सीमा मैदान उत्रेका राप्रपा अध्यक्ष एवं भेट्रान्स खेलाडी कमल थापाले चीनको सेन्जेन शहरमा आजबाट शुरु ITF Senzhen Intl Senior Circuit को पहिलो खेलमा चीनको ओउ सिहाङलाई ६-०, ६-० को सेटमा पराजित गर्दै बिजयी हुनुभएको हो । नेपाली खेल जगत र राष्ट्र प्रतिको उच्च माया र सम्मान राख्ने अध्यक्ष थापा सरकार बाहीर रहेपनि सरकारको नीति तथा कार्यक्रमहरूमा मौन समर्थन गर्दै आएको बुझन सकिंछ ।

अध्यक्ष कमल थापाको खेल र राष्ट्र प्रतिको मोहलाई सम्मान गर्दै भिजन अनलाईन न्युज परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार