हिमालयन एयरलाईन्सको काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  769 पटक हेरिएको

काठमांडौ, कार्तिक १० ।

नेपालको अन्तराष्ट्रीय हवाई उड़ानको क्षेत्रमा नया आयाम थपीएको छ । हिमालय एयरलाइन्सले आजदेखि नेपालको राजधानी काठमान्डौबाट चीनको राजधानी बेइजिङ सिधा उडान शुरु गरेको छ । यसबाट चीनीया पर्यटकहरुलाई नेपाल आगमनमा सहज हुनुका साथै नेपाल भ्रमण बर्ष २०२० लाई थप टेवा पुग्ने छ ।

केही दिन अघि चिनिया प्रधानमन्त्रिको लामो समयपछी नेपाल भ्रमण गर्नु, चिनिया चर्चित कलाकारलाई नेपाल भ्रमण वर्षको यामब्यासडर नियुक्त गर्नु र नेपाल चीन सिधा हवाई सेवा सुचारु गर्नु चीनसंगको पछिल्लो विश्वास र दुई देश बिचको बदलिदो सम्बन्धले नेपालको भौतिक, आर्थिक तथा सामाजिक सांस्कृतिक विकासमा ठुलो टेवा पुर्याउने मान्न सकिंछ ।

आज एक कार्यक्रमका बिच नेपालका पर्यटन मन्त्रि माननीय योगेश भट्टराई र चिनिया राजदूतले संयुक्त रूपमा केक काटेर नेपाल चीन हवाई सेवाको उटघाटन गर्नुभएको थियो ।

भ्रमण वर्ष २०२० लाई ध्यानमा राखदै पर्यटन मन्त्रालयले अन्तराष्ट्रीय सम्बन्ध स्थापना र हवाई सेवा सुचारुलाई प्रमुख प्राथमिकतामा राखदै अगाडी बढेको स्पष्ट बुझन सकिंछ । पर्यटन मन्त्रि योगेश भट्टराईले सामाजिक संजाल फेसबुकमा उद्घाटनको फोटो राखदै हिमालय एयरलाईन्सलाई शुभकामना सहित धन्यवाद दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार