
काठमाण्डौँ, कार्तिक १० ।

तिहारको झिलिमिली बत्तिले राजधानी धपकै बलेको छ । अझ राजधानीको मुटुमा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालय भवनको सजावट विशेष छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग सहितको टोलीले गत बर्ष पनि बत्तिले राष्ट्रिय झन्डा बनाएर आफ्नो कार्यालय भवन सजाएको थियो । त्यो डिजाइनले कुलमान लगायतका नेपाल बिद्युत प्राधिकरणले जनताको निक्कै तारिफ पाएको थियो ।

यस पटक भने कार्यालयको सजावट थप विशेष छ । यस पटक राष्ट्रिय झन्डाको साथमा प्राधिकरणले विभिन्न संदेशहरु प्रभाह गर्ने उद्देश्यले शब्दहरुको माध्यमबाट फरक तरिकाले प्राधिकरण पनि सजाएको देखिन्छन । काठमाण्डौँका अधिकांश घर तथा महलहरु बर्तिले झिलिमिलि देखिएको छ । केहि बर्ष अगाडीसम्म अन्धकारमा दिपावलि मनाउदै आएका उपत्यका लगायत देशबासीहरुले यतिबेला भने ति पिडालाई भुलेर रमझमका साथ तिहार मनाउन ब्यस्त छन ।

दिनमा १८ घण्टासम्मको बिद्युत प्रबाह बिहिन नेपाल आज २४ घण्टा ढुक्कले बिजुलि बालेर चाडबाड मनाउन पाउदा सम्पूर्ण नेपालीहरु भने मख्ख छन । तत्कालिन अबस्थामा १८ घण्टासम्म लोडसेडिङ्गमा राख्ने बिद्युत प्राधिकरणका कार्यकारी निदैृशक लगायतका कर्मचारीहरुले कति लुटे होलान तपाई हामीले कल्पना गर्न समेत सक्दैनौँ । जतिबेला हामि अन्धकारमा १८ घण्टा बिताईरहेका हुन्थ्यौँ हामी आजको जस्तो झिलिमिलिको परिकल्पना भने गरिरहेका हुन्थ्यौँ । देशका जनता, नेता कार्यकर्ता, बिश्लेषक, पत्रकार, प्राविधिक लगायतका माननीयहरु समेत बिद्युत लोडसेडिङ्ग न्यूनिकरण तथा समाधान हाम्रो नियन्त्रण भन्दा बाहिरको कुरो भनेर दिनप्रतिदिन जनताका सामु भनिरहेका हुन्थ्यौँ ।

तर आज एउटा प्राधिकरणका नेतृत्व परिवर्तनले देशले आमुल काचुली फेरेको छ । देश बिकास र समय सापेक्ष परिवर्तन नहुनुमा सरकारी संयन्त्र भित्र रहेका अनेमितता, सरकारी संयन्त्रमा राजनितिक हस्तक्षेप र नेतृत्व क्षमता नै प्रमुख कारण हुन जुन बिद्युत प्राधिकरणमा कुलमान घिसिङ्गको चमत्कारले देखाईसकेको छ ।

काठमाण्डौँ लगायत देशभरीका प्रमुख शहरहरुमा धपक्क बलेको त्यो बर्ति आज त्यतिकै बलेको भने पक्कै होईन त्यहा धेरै ब्यक्तिहरुको परिश्रम मिसिएको छ । आकासको फल आखा तरी मर भने जस्तै थियो नेपालको बिद्य्त प्रबाह र लोडसेडिङ्गको अन्त्यको कथा । तर आज कुलमानको नेतृत्वले उक्त भनाई समेत अपबाहको रुपमा परिमार्जत गरिदिएको छ । प्राधिकरणको त्यो नेतृत्व जसले देशलाई अन्धकारमा मात्र धकेलेन कि राष्ट्रको अरबौँ ढुकुटि र राष्ट्रको लगानीलाई समेत पानीमा फालिदिए । तर आज ति अन्धकारका भक्तहरु, कुलमानलाई बारम्बार थ्रेटन दिनेहरु घरमा बसेर यहि झिलिमिलि उज्यारोमा आफैलाई नियाल्दै होलान र भन्दै होलान धिक्कार्दै होलान आफैलाई ।

देशमा लोडसेडिङ्ग अन्त्यको त्यो नेतृत्व

पुष्पकमल दाहाल प्रचण्ड
आजको यो परिवर्तनको एक ब्यक्ति हुन तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड । जसले बिद्युत प्राधिकरणको आमुल परिवर्तन गर्ने तत्कालिन उर्जा मन्त्रि जनार्दन शर्मा प्रभाकरको प्रस्ताबलाई सहर्श स्वीकार गरी बिद्य्त प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङ्गलाई ल्याए ।
जनार्दन शर्मा प्रभाकर
लोडसेडिङ्ग मुक्त नेपालका अर्का अभियान्ता हुन तत्कालिन उर्जा मन्त्रि जनार्दन शर्मा प्रभाकर । अन्धकारमुक्त नेपाल बनाउने योजनाका योजनाकार समेत हुनुहुन्छ पूर्व मन्त्रि प्रभाकर, जतिबेला लेखा समितिका सभापतिको रुपमा जिम्मेवारी सम्हालिरहेको सभापति प्रभाकरलाई त्यतिबेलै लागेको थियो कि नेपाललाई अन्धकारमा धकेल्ने ठुलै गिरोह बिद्युत बिभाग मै सक्रिय छन भन्ने र यदि अबसर पाएको अबस्थामा उर्जा मन्त्रालयको नेतृत्व गर्ने मनस्थितीमा पुगेका थिए ।
नेपालको पानी जनताको लगानी भनने मूल नाराका साथ जनताका माझ रहेर अन्धकारमुक्त शहर बनाउन अहोरात्र खटेका तिनै जनार्दन शर्मा प्रभाकरका कारण आज हामी निर्धक्कसँग चाडबाडहरु मनाईरहेका छौँ ।
कुलमान घिसिङ्ग
अर्को पात्र हो कुलमान घिसिङ्ग जसको अधक प्रयास लगन, कुशल नेतृत्व क्षमता र जिम्मेवारी बोधका कारण नै आज नेपाल लोडसेडिङ्ग मुक्त मात्र होईन कि प्रत्येक बर्ष हुने बिद्युतघाटालाई समेत सदाका लागि निर्मुल पार्दै बार्षिक अरबौँ बजेट देशको ढुकुटीमा जम्म गर्न सफल भएका छन । आज त्यही नेपाल हो बिदेशबाट बिद्युत आयात गर्दा पनि देशले लोडसेडिङ्ग अन्त्य गर्न सकेको थिएन तर आज उल्टो भएको छ । नेपाल बिद्युत निर्यात गर्न सक्षम भएको छ । केहि राष्टिय गौरबका परियोजनाहरु सम्पन्न भएको अबस्थामा नेपालको अर्थतन्त्र पूर्ण बिद्युतमा निर्भर रहने कुरामा दुईमत छैन ।
