काठमाडौं,कार्तिक १० । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्। शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकी हुन् ।
उनलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका थिए भने नेपालका चर्चित कलाकार तथा नायिका मिथिला शर्मा बोहराले खादा ओढाएर सम्मानपत्र हस्तान्तरण गरेकी थिई ।
प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर अप हुँदै नगद रु पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनर अप हुँदै नगद रु तीन लाख प्राप्त गरे। उनीहरुलाई भने चर्चित नायिका सन्जिता लुईटेल र चौधरी ग्रपका म्यानेजिङ्ग डाईरेक्टरले संयूक्त रुपमा खादा लगाई पुरस्कार हस्तारण गरेका थिए ।
छमछमीका जजेजहरुलाई पनि सम्मानका साथ मायाको चिनो प्रधान
त्यस्तै उक्त कार्यक्रममा जजको भूमिकामा रहेका चार जना जजहरु चर्चित कलाकार तथा नायिका मिथिला शर्मा बोहरा, बरिष्ट कोरियोग्राफर महेश गोदार , चर्चित नायिका सन्जिता लुईटेल र बरिष्ट डान्स डाईरेक्टर कमल राईलाई पनि सम्मान गर्दै मायाको चिनो र प्रमाणपत्र संचारमन्त्रि गकुल बास्कोटाले हस्तान्तरण गरेका थिए ।
विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य थिए । विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रस्फुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए।
नेपालको परिचयको निम्ति सोरठी खोज्दा हाकुपटासी र धिमे खोज्दा धेरै कलाकृति साहित्यका फाँटमा तरेली लगाउँदा वास्तवमा नेपाली मन उद्देलित हुने बताउँदै मन्त्री बाँस्कोटाले भने, “त्यसबेला राष्ट्रिय भावना एकता, स्वाभिमान एवं स्वतन्त्रताको उचाइ प्राप्त हुन्छ ।” ऋषिमुनिको देशमा र प्रतिभाको देशमा प्रतिभा फल्ने र फुल्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे।
कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले राम्रो कलाकार उत्पादन गर्नका लागि टेलिभिजनले दूरदराजका नृत्य प्रतिभालाई प्रष्फुटित गराउने अवसर प्रदान गरेको उल्लेख गरे। नेपालमा छमछमीबाट राष्ट्रिय स्तरको कलाकारहरु जन्माईसकेकोले अबका दिनमा पनि छमछमी विभिन्न क्षेत्रमा लुकोर रहेका क्षमतालाई छमछमीबाट राष्ट्र कै गहनाको रुपमा प्रष्फुटन गर्ने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले बताउनु भयो । छमछमीबाट नै बिजेता, उपबिजेता बनेका पूर्णिमा श्रेष्ठ र पार्वती राईहरु छमछमी कै उत्पादन भएकोले उहाँहरु आज नेपालको नम्बर वान कलाकार बन्न सफल भएको छ । त्यस्तै उहाँहरु पनि नेपालको नम्बर वान कलाकार भईसक्नुभयो उहाँ बताउनुहुन्छ ।
छमछमी सिजन ४ ग्राण्ड फिनालेका केहि झलकहरु