जापान, कार्तिक ९ ।
जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २६ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो ।
नेवारी समाजको महत्वपूर्ण र बिशेष मानबलाई नै पुजाआजा गरी मनाउने महःपुजा नेवारहरुको महत्वपूर्ण चाड हो । सम्पूर्ण परिवार एकै ठाऊमा जम्मा भएर मण्डप बनाई घरको मूलीले सबैलाई ३/३ पटक सम्म पूजा गरेर सगुन खाने र अन्त्यमा भोज गरी मनाऊँने प्रचलन रहेको छ । सोही प्रचलन र नेवारी संस्कृतिको संरक्षणको लागी र मह:पूजा गर्नाले जीवन सुद्धि हुने धार्मिक बिश्वास रहीआएकोले रात भरी लगाएर मह:पूजा गर्नाले राक्षस वा सत्रुको नास हुने किंबदंती रहदै आएको छ । मह:पूजाको धार्मिक महत्व बिशेष रहेकोले नेवा अन्तराष्ट्रीय संगठन , क्यूशु क्षेत्रीय कमिटिले मह:पूजा भने प्रत्येक बर्ष मनाउदई आएका छन ।
यो पटक भने फुकुओकामा रहेका नेवार र केही जापनिज नागरिकको उपस्थितिमा मह:पूजा सम्पन्न गरेका हुन । यस बर्षको मह:पूजा भने हलको अभावले इजीरि स्थित लालटिन नेपाली रेस्टूरेन्टमा आयोजना गरीएको अन्तराष्ट्रीय नेवा समाज क्यूशुका अध्यक्ष आशीष खड़कीले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा आर्थिक व्यवस्थापन भने प्रबिन श्रेष्ठले गर्नुभएको थियो भने आवश्यक नेवारी मह:पूजामा प्रयोग हुने सामग्रीहरूको व्यवस्थापन भने आयोजक समितिले नै गरेका थिए ।
जापान फुकुओकामा आयोजित महःपुजा बिशेष फोटो फिचर