प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2798 पटक हेरिएको

मलेसिया, अक्टोबर २५ ।

बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । तर पनि हालसम्म नेपालले कुनै पनि मिस वल्डको ताज जित्न सकेको थिएन ।

त्यस्तै सुन्दरीहरुको मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस प्रिया रानी लामाले सहभागिता जनाएकि थिई । यही अक्टोबर ७ तारिक देखी अक्टोबर २५ तारिकसम्म सुचारु भएको मिस कस्मोपोलिटन वल्ड २०१९ मा नेपालबाट प्रतिनिधित्व गरेकी मिस प्रिया रानी लामाले विविध विषयलाई समावेश गर्दै आफ्नो प्रस्तुतिहरू दिएकि थिई ।

गत साता सम्पन्न बेस्ट ट्यालेन्ट राउण्डमा नेपालमा बढ्दै गएको पछिल्लो बलात्कारको घटनालाई अभिनयमा प्रस्तुत गर्दै बेष्ट रनर अपमा सहभागि भएकी प्रिय रानी लामाले फर्स्ट रनर अपको टाईटल हात पार्न सफल भएकी थिईन भने बेष्ट ट्यालेन्ट राउण्डको बिजेता भने जापानका प्रतिस्पर्धी भएकी थिईन, सेकेन्ड रनर अप न्यूजिल्याण्डकी प्रतियोगीले हात पार्न सफल भएकी थिईन । 

Miss Nepal – Priya Rani Lama (Winner) and MCW-2018 Winner

भिजन अनलाईन न्यूजसँगको टेलिफोन अन्तवार्ताको क्रममा फाईनल राउण्डको तयारीमा रहेको बताउदै प्रिया रानि लामाले अन्तिम प्रतियोगिता फाईनल राउण्ड जित्नको लागि साथ, सहयोग र हौसल्ला दिन सम्प्रर्ण नेपालीहरुलाई अनुरोध गर्दै फाईनल राउण्ड भन्दा अगाडि २ सो हुने र उक्त सो मा प्रत्येक सहभागिहरुले आ–आफ्नो देशको नेशनल कस्टुम लगाई आफ्नो प्रस्तुति दिनु पर्ने जानकारी दिनु भएको थियो ।

The Top 5 Finalists this year : Miss Nepal – Priya Rani Lama (Winner), Miss Malaysia – Christine Chai Xin Tze (1st Runner Up), Miss Netherlands – Marit Beets (2nd Runner Up), Miss Philippines – Clarisa Maye Presa Isidro (3rd Runner Up) and Miss Russia – Ekaterina Veinberger (4th Runner Up)

हिजो भएको अन्तिम फाईनल राउण्डमा आफ्नो दुई प्रस्तुति दिएकी प्रिया रानी लामाले जजहरुको मन जित्दै ईतिहास रचेकी छिन् । मिस कस्मोपोलिटन वोल्ड २०१९ बिजेता बन्दै नेपाल, नेपालीहरुको सान, मान, प्रतिष्ठा र नेपालको नामलाई समेत बिश्व सामु चिनाउन सफल भएकी छिन् । मलेसियामा भएको उक्त प्रतियोगिताको बेष्ट ट्यालेन्ट सोमा फस्ट रनर अप भएकी प्रिया रानी लामा फाईनल राउण्डमा भने सबै देशको प्रतियोगीहरुलाई पछि पार्दै बिजेताको क्राउन हात पार्न सफल भएकी थिई ।

Founder and Miss Nepal Priya Rani Lama (Winner)

त्यस्तै अन्तिम प्रतियोगितामा फष्ट रनर अप भने मलेसियाको प्रतियोगी क्रिष्टिन छाईछिन तिजेले जितेकी छिन । सेकेन्ड रनर अप नेदरल्याण्डकी मरीट बिट्सले हात पार्न सफल भएकी छिन भने थर्ड रनर अप फिलिपिन्सको प्रतिस्पर्धी क्लारिसा माए प्रेसाले हात पारेकी छिन । त्यस्तै फोर्थ रनर भने रसियाका प्रतिस्पर्धी एकातेरिना भेईनबेर्जरले हात पार्न सफल भएकी छिन ।

बिजेता मिस कस्मोपोलाईटन वल्ड २०१९ मिस प्रिया रानी लामा

Miss Nepal Priya Rani Lama (Winner)

फष्ट रनर अप मलेसियाको प्रतियोगी क्रिष्टिन छाईछिन तिजे

Miss Malaysia – Christine Chai Xin Tze (1st Runner Up)

सेकेन्ड रनर अप नेदरल्याण्डकी प्रतियोगी मरीट बिट्स

Miss Netherlands – Marit Beets (2nd Runner Up)

थर्ड रनर अप फिलिपिन्सको प्रतिस्पर्धी क्लारिसा माए प्रेसा

Miss Philippines – Clarisa Maye Presa Isidro (3rd Runner Up)

फोर्थ रनर भने रसियाका प्रतिस्पर्धी एकातेरिना भेईनबेर्जर

Miss Russia – Ekaterina Veinberger (4th Runner Up)

नेपालको जनकपुरमा जन्मेकी प्रिया रानी लामाको स्थायी घर भने सिरहाको गोलबजार रहेको तर हुर्के बढेको र अध्ययन सबै धरानबाट गरेको उनि बताउछिन । आमा बुबा दुबै जना राष्ट्रसेवक कर्मचारी भएकोले पनि सबै क्षेत्रमा परिवारको रोकतोक नभएकोले मेडिकल माईक्रो बायोलोजीमा डिग्री गर्न सफल भएको बताउने प्रिया रानी लामा लामो समय टेलिभिजन कार्यक्रम सञ्चालिका र लेट मि डान्स नेपाल सिजन २ को कार्यक्रम सञ्चालिका समेत हुनुहुन्छ ।

मिस कस्मोपोलाईटन वल्ड २०१९को बिजेता बन्न सफल हुनु भएकोमा प्रिया रानी लामालाई भिजन अनलाईन न्यूज परिवार हार्दिक बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्दछ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार