जापान, कार्तिक १० ।
जापानको होक्काईदोमा एकै परिवारका ३ जना नेपाली सवार गाडी दुर्घटना भएको छ । गाडी र ट्रिपर एकअर्कामा ठोक्कीदा एक् जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । दशैँको टिकाको दिन आज अक्टोबर २६ तारिख बिहान १० बजे एकै परिवारका श्रीमान, श्रीमती र २ महिनाको सानो बच्चा सवार रहेको गाड़ी दुर्घटनामा परि २ महिने बच्चाको निधन भएको छ भने श्रीमान, श्रीमतीको अवस्था गम्भीर रहेको होक्काईदोबाट न्यूज याहुले समाचार प्रसारण गरेको छ ।
बेक्काई सहरको राजमार्गमा कार घुमाउन खोज्दा ट्रिपरसंग ठक्कर खान पुगेको समाचारमा बताईएको छ । उनीहरु होक्काईदो सहरमा सपरिवार बस्दै आएका थिए ।