नेकपा नेतृ कमला सुवेदीको उपचारको क्रममा निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  700 पटक हेरिएको

काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको उपचारका क्रममा निधन भएको छ। रामेछाप स्थायी घर भएका नेत्री कमला घिमिरेको ब्रेन ट्यूमरको उपचारको क्रममा निधन भएको हो ।

दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद तथा तत्कालिन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षकै उमेरमा उपचारका क्रममा निधन भएको हो ।

सुवेदीको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए ।

सुवेदीलाई श्रदाञ्जली दिन पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पशुपतिआर्यघाट पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार