हङकङका पत्रकार किसन राईको खोटाङ जाने क्रममा भीरबाट लडेर दु:खद निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  497 पटक हेरिएको

खोटाङ, कार्तिक ८ । 

नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य किसन राईको खोटाङ भ्रमणको क्रममा भीरबाट लडेर दु:खद निधन भएको छ । ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ। हङकङमा बसेर पत्रकारिता गरिरहेका पत्रकार राईको काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भीरबाट लडेर मृत्यु भएको हो।

गाडी रोकेर शौच गर्न पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए। उक्त क्रममा समय छिप्पीसकेको र अँधेरों रहेकोले त्यहाको भौगोलिक अबस्था थाहा नभएर अप्रत्यासित घटना घटन पुगेको बताएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन्। उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ।जनजाति महासंघ हङकङका अध्यक्ष रहेका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुन्। पत्रकार राई नेपाल सरकार र हङकङ सरकारद्वारा बिभूषित ब्यक्तित्व समेत हुनुहुन्छ । स्रदय राई प्रति भिजन अनलाईन न्युज परिवार हार्दिक श्रद्धांजलि व्यक्त गर्दै परिवारजनमा धैर्यधरणा गर्ने शक्ति मिलोस भनी प्रथाना गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार