मिडिया हव र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीचको विवाद मिल्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  707 पटक हेरिएको

काठमाडौं कात्तिक, ८ । मिडिया हव र ‘सक्किगोनी हास्य टेलिसिरियलबीचको विवाद मिलेकाे छ । हास्य टेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको थियो । पात्रहरू आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेकाे थियाे ।

सक्किगोनिका कलाकार कुमार कट्टेलले मिडिया हब प्रा.लि र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंग्याइएको बताए । दुई पक्षबीच कसरी समझदारी बन्यो भन्नेबारे केही नखुलाए पनि आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति बनेको उनको भनाइ छ ।

मिडिया हब प्रा.लि र सक्किगोनी हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंगोमा पुर्याइएको छ’, कट्टेलले फेसबुकमा लेखेका छन्, ‘हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरुले नियमित रूपमा हेर्न पाउनुहुनेछ।’

कलाकार र सर्जकको मिडिया हब प्रा.लिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार