जापान, कार्तिक ७ ।
गुल्मेली समाज जापानको चौंथो अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आईतवार जापानको टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले महेन्द्रकुमार अधिकारीको अध्यक्षतामा सर्वसहमत २५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा दयाराम खराल, उपाध्यक्षहरुमा रामु ढकाल, बावुराम खरेल, टीकाराम खरेल, पर्शुराम न्यौपाने, राम प्रसाद गौतम एवं महिला उपाध्यक्षमा लक्ष्मी महर्जन केसी चयन हुनुभएको छ।
अधिबेशनले महासचिवमा संगिता कुँवर, दुई सचिवमा कृष्ण पोख्रेल, सुधीर भण्डारी, कोषाध्यक्ष जीतेन्द्र केसी र सहकोषाध्यक्षमा निशान जिसीलाई चयन गरेको छ ।
समाजको सदस्यहरुमा क्रमश बिनोद ढकाल,दिपेन्द्र केसी, ताराराज शर्मा, मनोज रायमाझी, बिष्णु प्रसाद सापकोटा, निरज कार्की, लक्ष्मणबहादुर बस्नेत, कुल बहादुर पोख्रेल, र दिनेश भण्डारी चयन हुनुभएको छ ।
कार्यसमितिमा बाँकी रहेका सदस्यहरुलाई बैठकबाट मनोनीत गर्ने समाजले जनाएको छ । अधिवेशन शालिकराम भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो। गुल्मेली समाज जापान गुल्मी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, ब्यवसाय तथा अध्ययन गर्नेहरुको साझा संस्था हो ।