
काठमाडौँ, कार्तिक ७ । गायिका प्राश्ना शाक्यको आवाजमा सजिएको तिहारको रमझम गीत यूबट्यूबबाट सार्बजनिक भएको छ । गायिका प्राश्ना शाक्यको तिहारको रमझम गीतमा चर्चित फेसन डिजाइनर काजल शर्माले अभिनय गरेकी छिन । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । तिहारकै सन्दर्भमा चर्चित गायिका प्राश्ना शाक्यले पनि तिहार गीत सार्वजनिक गरेकी हुन । प्राश्नाको तिहारको रमझम… बोलको गीत सार्वजनिक भएको हो । गीतमा नुतन भुषालको शब्द तथा दीपकराज विश्वकर्माको सङ्गीत तथा एरेञ्ज रहेको छ।

मदन खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्राश्ना, काजल शर्मा र अश्विन भुषाल लगायतको अभिनय छ । विरेन्द्र भट्टले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । गायिका प्राश्ना शाक्यले थूप्रै गीतमा स्वर दिईसकेकि गायिका प्राश्नाको तिहारको गित भने दर्शकको लागी पहिलो कोसेली हो । यस भन्दा अगाडी कथक, आधुनिक लगायतका थुप्रै गीतहरू सार्वजनिक भईसकेका छन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
