कार्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  554 पटक हेरिएको

काठमांडौ, कार्तिक ७ । भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिने नेपाल सरकारले निर्णय गरेको छ । नेवार समुदायको आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक लिएका थियो ।

नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मनन्त्रिपरिषदबाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको बताएका थिए ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेपछि संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदहरू डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ कात्तिक मा पनि बिदा दिन आग्रह गरेको थियो । भेटमा प्रधानमन्त्री केपी ओली सकारात्मक बनेका थिए ।

‘बडादशैं, दिपावलीजस्ता महान् पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटीकालगायतका चाड–पर्वको साइत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको छ । त्यसैले भाइटीका (किजापूजा) पनि त्यस्तै हुने भयो । कात्तिक १३ मा पनि विदा चाहिन्छ भन्ने जानकारी गराएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डर अनुसार १३ कात्तिकमा बिदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषदबाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए ।

प्रदेश सांसद डा शाक्यका अनुसार ‘नेवाः समूदायको परम्परा अनुसार अहिले १२ कात्तिकमा भाइटिका मान्नै नसकिने भएकाले विदाका विषयमा पुनर्विचार गर्ने प्रधानमन्त्रीसँग आग्रह गरिएको र प्रधानमन्त्रीले ढुक्क हुन अनुरोध गरेका थिए ।

शाक्यका अनुसार नेवाः समुदायको परम्पराअनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ ।

नेवार समुदायहरूको आग्रहलाई मध्यनजर गर्दै नेपाल सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ । तर पाञ्चांग निर्णायक समिति र नेवार समुदायको तिथि भने बाजीएको छ ।

दुबै समितिले जारी गरेको विज्ञप्ति सहित तिहारको साईतहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार