फेसन डिजाईनर नृतिका शाक्यद्धारा अभिनित आधुनिक गित “पर्खि बस्नु है गोधुली साँझमा”को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  431 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक ७।  

गायक सन्तोष डुमि र गायिका रचना रिमालको आवाजमा रहेको आधुनिक गित पर्खि बस्नु है गीतको भिडियो सार्वजनिक भएको छ । हिजो साँझ गायक सन्तोष डुमिको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको पर्खि बस्नु है गितको रचनाकार भने रमेश मगरले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतको कभर पोष्टर सार्वजनिक गर्दै पर्खि बस्नु है गीतबाट म्युजिक भिडियो अभिनयमा होमिएकी फेसन डिजाईनर तथा मिस टिन नेपाल २०१६ का मिस पब्लिक च्वाईस अवार्ड समेत जितेकि नव कलाकार नृतिका शाक्यले गीतको भिडियो चाडैँ नै बजारमा आउने दर्शक स्रोताहरुलाई जानकारी गराएकी थिई ।

उक्त गीतमा कलाकार दय सुरेश राई र फेसन डिजाईनर तथा कलाकार नृतिका शाक्यको अभिनय रहेको छ । मोडल तथा फेसनडिजाईनर समेत रहेकी नृतिका शाक्यको भने पर्खि बस्नु है मलाई गोधुलि साँझमा गीत नै पहिलो म्युजिक भिडियो रहेको छ । उक्त गितको भिडियो डाईरेक्सन भने किसान भुसालले गरेका हुन भने क्यामराम्यानको भुमिकामा दिनेश पराजुलि र सहायक क्यामरा म्यानको भुमिकामा रमेश पराजुलिले सहयोग गरेका थिए । उक्त गितको लागि मोडल तथा कलाकारको लागि ड्रेस डिजाईन भने फेसन डिजाईनर तथा नव कलाकार नृतिका शाक्य स्वयमले गरेकी जनाएको छ ।

गायक सन्तोष डुमिको आफ्नै अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरीएको पर्खि बस्नु है मलाई गोधुँलि साँझमा गीतमा सामाजिक परिबेश, माया पिरेम, परदेशीको कथा, चेलिबेटी बेचबिखन र त्यसको यथार्थलाई उतार्ने प्रयास गरिएको छ । नव कलाकार तथा फेसन डिजाईनर नृतिका शाक्यले भिजन अनलाईन न्युजसँग कुरा गर्दै नेपाली समाजमा रहेको गरिबी र परिवार पाल्न परदेशीएका नेपाली युवाहरुको माया, समाजमा एक्लो महिलालाई समाज तथा आपराधिक ब्यक्तिले आफ्नो स्वार्थ पुर्तिको लागि अपहरण र महिला बेचबिखन गर्न प्रयोग गरीने जस्ता सामाजिक परिबेशलाई गितको भिडियोमा उतार्न खोजिएको बताउनु भयो ।

यस्ता सामाजिक परिबेश, घटना परिघटनालाई संगितको माध्यमबाट समाज भित्रका आपराधिक घटना प्रति नेपाली समाजलाई सजग बनाउन सहयोग पुर्याउने समेत भिजन अनलाईन न्युजसँगको संबादमा बताउनु भयो । सामाजिक परिबेशमा आधारित माया प्रेमको गीत भएकोले पनि नेपाली समाज तथा दर्शक स्रोताले मन पराउनेमा आफु र पर्खि बस्नु है गीतको टिम बिस्वस्त रहेको पनि बताउनु भयो । उनै नव कलाकार तथा फेसन डिजाईनर नृतिका शाक्यको अभिनय र गायक सन्तोष डुमे र चर्चित गायिका रचना रिमालको आवाजमा रहेको पर्खि बस्नु है गोधुली साँझैमा गीतको भिडियो तल साभार गरेका छौँ हेरेर प्रतिक्रिया दिनु होला ।

नव कलाकार नृतिका शाक्यद्धारा अभिनित गितको म्युजिक भिडियो तल साभार गरेका छौँ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार