गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाको डीपीआर तयार, अन्तिम सहयोग गर्न सिताराम कट्टेलको अपिल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1711 पटक हेरिएको

चितवन कात्तिक, ६ ।

२०७२ बैशाख १२ को महाभूकम्प पछी कलाकारीतालाई थाती राखदै राष्ट्र निर्माणमा लागेका सिताराम कट्टेल (धुर्मूस) र कुंजना घिमिरे(सुन्तलि) ले काभ्रेको बस्ती, सिन्धुपाल्चोकको बस्ती र तराईको मुसहर बस्ती ठढाई सकेका धुर्मूस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ ।पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’

क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ । कट्टेलले भने, ‘निर्माणमा जानुअघिका प्रारम्भिक चरणका कामहरु भैसकेका छन् । डीपीआर तयार भइसकेकाले अब कामले गति लिने पनि धुर्मूस बताउनु हुंछ ।’

चितवनमा रंगशालाको डीपीआर तयार भईसकेपछी सामाजिक संजाल फेसबुकबाट लाईभमा कुरा गर्दै धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले अन्तिम सहयोगका लागी देश बिदेश छरीएर रहेका सम्पूर्ण नेपाली दाजुभाई, सम्पूर्ण अभियन्ता लगायत सबै सबैलाई अन्तिम सहयोगका लागी अपिल गरेका थिए । सामाजिक संजाल फेसबुकबाट लामो अन्तरक्रिया गरेका सितारामले सुभेक्षुकहरूको प्रश्नको प्रतिक्रिया पनि दिएका थिए । जिज्ञासुहरुको प्रश्नको जबाफ दिदै सिताराम कट्टेल धुर्मूसले स्रोत जुटेको अबस्थामा तोकेको समय भन्दा अगाबै गौतमबुद्ध अन्तराष्ट्रीय रंगशाला तयार हुने भन्दै सबैलाई हातेमालो गर्न अनुरोध गरेका थिए ।

हालसम्म ७ करोडको हाराहारीमा रकम उठेको र सो रकम डिपिआर तयार गर्न र रंगशालाको प्रारम्भिक काममा नै खर्च भएको पनि जानकारी गराउनु भएको थियो । यस्तै फेसबुक लाईभ जापान, कोरिया लगायतका देशबाट पनि शुभचिन्तकहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सहयोग गर्न इक्छुक महानुभावहरूलाई धुर्मूस-सुन्तलि फाउन्डेशनको फेसबुकपेजमा हाई भनि म्यासेज गरेमा आर्थिक सहयोग गर्ने सम्पूर्ण तरिका म्यासेजबाट नै पाउने जानकारी पनि गराउनु भएको थियो । ३ करोड नेपालीहरूको देनबाट निर्माण हून गईरहेक़ो गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला जनस्तरबाट निर्माण हुने सबै भन्दा ठुलो परीयोजना भएकोले लागत खर्च पनि ३ खर्बको हाराहारीमा हुने बताउनु हुंछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार