साझा पार्टीकी नेत्री रजनी बनिन कास्की २ उपनिर्वाचनको उम्मेद्वार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1168 पटक हेरिएको

पोखरा कात्तिक, ६ । साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो । उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन् ।

साझा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि रिक्त रहेको कास्की क्षेत्र नं. २ मा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। दुई दिन सम्म पोखरामा चलेको केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नं. २ रिक्त रहेको थियो। कास्की क्षेत्र नं. २ लगायत प्रदेश सभा सदस्य र स्थानीय तहमा समेत रिक्त रहेका स्थानमा मंसिर १४ गते उप निर्वाचन हुँदैछ।

को हुन रजनी केसी?

रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरूमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै रजनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा विभिन्न तह र तप्कामा रहेर क्रियाशील राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिदै पूर्णकालिन राजनितिमा होमिएकी हुन ।उनी हाल नेपाली कागेसको भातृ संगठन नेपाली बिद्यार्थी संघको सम्पूर्ण जिम्मेवारी छाडेरसाझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्। केसी पोखरा महानगरपालिकाकी स्थानीय बासिन्दा हुन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार