जापानका नवसम्राट नारुहितोको राज्याभिषेक विशेष कार्यक्रमका साथ सम्पन्न

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  797 पटक हेरिएको

जापान, अक्टोबर २२ । जापानका नवसम्राट नारुहितोले मंगलबार राज्याभिषेक गरेर औपचारिक रुपमा राजगद्दी सम्हाल्नुभएको छ । मंगलबार एक भव्य समारोहका बिच परम्परागत विधि पूरा गरी उहाँले राजगद्दी सम्हाल्नुभएको हो ।

पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा सहभागी थिए । नवसम्राट नारुहितोका पिता तत्कालनि सम्राट अकिहितोले गत बैशाखमा राजगद्दी त्यागेपछि ५९ वर्षीय नारुहितो नयाँ सम्राट बन्नुभएको हो ।

सम्राट नारुहितोले परम्परागत बस्त्र धारण गरेर साढे छ मिटर अग्लो ‘ताकामिकुरा’ भनिने राजगद्दीमा बसेर राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा जिम्मेवारी वहन गर्ने शपथ लिनुभएको थियो । त्यस लगत्तै प्रधानमन्त्री शिन्जो आबेले समारोहलाई सम्बोधन गर्दै सम्राट नारुहितोप्रति बधाई ज्ञापन गर्नुभएको थियो भने समारोहमा सहभागीहरुले सम्राट नारुहितोको जयजयकार गर्दै चिरायूको कामना गरेका थिए ।

यसैबीच जापानमा आएको समुद्री आँधी हगिबिसका कारण ठूलो जनधनको क्षति भएको भन्दै राजगद्दी आरोहणको अवसर गरिने शोभायात्रा भने यसपटक भएन । राज्याभिषेकका अवसरमा विश्वका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखलाई आमन्त्रण गरिएको थियो । नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्रि राम बहादुर थापा उक्त राजगद्दी आरोहण समारोहमा सहभागी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार