ऊजुरीपछी गायक दुर्गेस थापाले यूबटुबबाट तिहारको गीत हटायो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  832 पटक हेरिएको

काठमांडौ, कार्तिक ५ । गायक तथा मोडल दुर्गेस थापा यतिबेला तनावमा परेका छन । दुर्गेस थापाले केही दिन अगाडी मात्र आफनै यूबटुब च्यानलबाट सार्बजनिक गरेको तिहार विशेष गीत ह्याप्पी तिहार चिसो बिअर नामक गीतमा ऊजुरी परेपछी टेकु प्रहरीको अनुरोधमा यूबटुबबाट हटाएको छ । उक्त गीतले सामाजिक सदभावमा खलल पुग्ने भन्दै जिल्ला प्रहरी कार्यालय काठमांडौमा ऊजुरी दिएका थिए । ऊजुरी परेपछी दुर्गेसलाई प्रहरीले कार्यालयमा उपस्थित हून निर्देशन दिएको थियो ।

प्रहरीको अनुरोध र आफुले पनि उक्त गीतले सामाजिक सदभावमा खलल पुर्याउने कुराको मनन गरेकोले उक्त गीतलाई यूबटुबबाट हटाईएको एक प्रेस विज्ञप्ति मार्फ़त जानकारी गराएका थिए । आफन्त ईष्ट मित्र साथि भाई र शुभचिन्तक हरूको फोन म्यासेज बाट गर्नुभएको चासो र चिन्ता लाई एकै चोटी सम्बोधन गर्न चाहन्छु सम्मानित कानुन भन्दा माथि कोही नहुने हुदा अपराध शाखा टेकुमा उपस्थिति भई मैले गरेको सृजनाले समाज मा राम्रो सन्देश नदिएको महशुस गर्दै गित लाई शंशोधन गरी प्रकाशन गर्ने नै छु सम्पुर्ण सबैमा यो बिषयलाई कहि कतैबाट अतिरन्जित नगरीदिनुहुन हार्दिक अपिल पनि गर्दछु भन्दै सामाजिक संजाल फेसबुक मार्फ़त सबैलाई जानकारी गराएको थियो ।

उक्त प्रेस विज्ञप्ति तल साभार गरेका छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार