काठमांडौ, कार्तिक ५ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। २०७२ साल बैशाख १२ गतेको बिनाशकारी महाभुकम्पबाट क्षतबिक्षत भएको एतिहासिक रानीपोखरी ५ बर्षपछी पुनर्निर्माण सम्पन्न भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। पुरानै मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकार तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा सम्पन्न गरेको हो।
यसैबीच उनले दरबार हाइस्कुलको पनि आज एकसाथ उद्घाटन गरेकी हुन । दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। वि.सं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ । यस्तै भूकम्पबाट क्षतिग्रस्त नौतले धरहरा पनि छिटै पुनर्निर्माण सम्पन्नको चरणमा रहेको पनि जानकारी गराए । ऐतिहासिक धरहराको बनावट पुरानै भएपनि अहिले आधुनिक र अत्याधुनिक सुबिधासम्पन्न तबरबाट भईरहेको छ ।
थप फोटाहरू :-