जापानमा एम्बेसी कप क्रिकेट प्रतियोगिता हुदै, नेपाली टिमको पनि सशक्त उपस्थिति रहने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  360 पटक हेरिएको

जापान, कार्तिक ४ । 

जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाली क्रिकेट टिमले आफ्नो टिम घोषणा गरेको छ ।

अक्टोबर ३० र  ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसी कप-२०२१ मा नेपाल एम्बेसीको तर्फबाट १६ जना खेलाडी सहभागी हुन लागेको टोकियो राइनो क्रिकेट क्लबका अध्यक्ष विनम्र खत्रीले जानकारी दिए ।

एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट आवश्यक तयारी सँगै अजय ठाकुरको कप्तानीमा प्रतियोगितामा सहभगिता जनाउन लागेको टिम म्यानेजर नेत्र रोकाले बताए । सो प्रतियोगितामा नेपाल सँगै भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलंका, ब्रिटेन, न्युजिल्याण्ड र अष्ट्रेलिया एम्बेसी र जापानको अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाईएको छ ।

हरेक बर्षको सेप्टेम्बर महिनाको अन्त्यमा आयोजना हुँदै आएको एम्बेसी कप यस पटक भने कोभिड-१९ नियन्त्रणको लागि आपतकाल लागू रहेका कारण एक महिना ढिलो गरि आयोजना हुने भएको छ । २०१८ बाट शुरु भएको एम्बेसी कपमा नेपाल पहिलो पटक उपबिजेता बनेको थियो भने २०१९ मा पनि उपबिजेता बनेको नेपाली टिम २०२० मा भने समुह चरणबाटै बाहिरिएको थियो ।

नेपालमा रहदा विभिन्न ज़िल्ला वा सो सरहका क्रिकेट प्रतियोगितमा खेलेर अनुभव र दक्षता हासिल गरेका विभिन्न ज़िल्लाबाट जापानमा आइ क्रिकेट खेललाइ माया गर्ने युवाहरुको समूह सम्मिलित साथीहरुद्वारा गठन गरिएको टोकियो राइनो क्रिकेट क्लबले जापानमा हुने क्रिकेट प्रतियोगितामा भाग लिदै आइरहेको अध्यक्ष खत्रीले बताए । “बिगतका अनुभवलाई समेटेर र खेलका लागि आवश्यक तयारी पनि राम्रो भएकोले यस पटकको प्रतियोगितामा हाम्रो उपस्थिति बालियों हुनेछ”अध्यक्ष खत्रिले भने ।

जापानी क्रिकेट टिमले विभिन्न देशका दूतावाससँगको सम्बन्धलाई अझ प्रगाढ़ बनाउन र क्रिकेट खेलप्रति चासो जगाई राख्नका लागि हरेक वर्ष एम्बेसी कपको आयोजना गरिदै आएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार