काठमाण्डौं, कार्तिक ५ ।
नेपालमा पछिल्लो २४ घण्टामा आज ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । २० हजार ११८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । संस्थागत आईसोलेसनमा १४हजार ६७६ जना रहेका छन् । होम आईसोलेसनमा २९ हजार बढीरहेका छन् । अब क्वारेन्टीनमा भने ४ हजार ६५ रहेका छन् ।
नेपालमा कोरोनाको केन्द्र बन्दै गएको काठमाण्डौं उपत्यकामा आज हाल सम्मकै सबै भन्दा धेरै ३१ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाण्डौंमा २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जना रहेका छन् । दँशै नजिकिदै जादाँ भईरहेका भीड, ओहोरदोहोर र संक्रमितको उपचारका लागि आईसोलेसनको व्यवस्थापन नभएर संक्रमित घरमै बस्नु परेका कारण पनि थपिएका संक्रमितको उपचार समस्या बढ्दै गएको छ ।
नेपालमा कोरोना शुरु भए यताकै एकै दिन सबै भन्दा बढी संक्रमित र मृत्यु एकै दिन देखा परेको छ । आज देशभर ५ हजार ७४३ जनामा कोरोना पुष्टी हुँदा सबै भन्दा धेरै एकै दिन २६ जनाको ज्यान समेत गएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।
त्यसैगरी २४ घण्टामा २ हजार ९९६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या झण्डै एक लाख हाराहारीमा पुगेको छ । हालसम्म ९९ हजार ६०५ जना निको भएका छन् ।