कक्षा १२ को परीक्षा मंसीर ९ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि भक्तपुरको निर्णय (तालिका हेर्नुहोस्)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1809 पटक हेरिएको

काठमाडौँ, कार्तिक ५ ।  

गत बैशाख देखि स्थगित भएको कक्षा १२ को परीक्षा आगामी मंसीर ९ गतेबाट शुरु हुने भएको छ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा नेपाल पनि यसबाट अछ्तो रहन सकेन । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण पिब्र रुपमा फैलन थालेपछि नेपाल सरकारले देशभरका सम्पुर्ण शैक्षिक संस्था अर्को ब्यबस्था नभएसम्मको लागि बन्द गरिएको थियो ।

कोरोनाको संक्रमण रोकिने अवस्था नदेखिए पछि सरकार तथा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि भक्तपुरले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । अन्तिम परीक्षा मंसीर १६ गते हुने छ । देशभर कक्षा १२ को परीक्षा नहुँदा लाखौ विद्यार्थीहरु प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार