बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  469 पटक हेरिएको

काठमाडौं कात्तिक, ४ । बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ‘नोटसहित ३ जना पक्राउ परेको जानकारी गराउनु भएको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।

बोगटीका अनुसार, नोट छाप्ने मेसिनसमेत उनीहरूको साथबाट बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार