काठमाडौं असोज, ३ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।
मिडियाहबले भद्रगोलका कलाकारहरू मिडियाहब कै क्यारिकेचर र भूमिकामा सक्किगोनि नामक टेलीचलचित्रमा देखीएकोले महानगरीय प्रहरी परिसर टेकुमा ऊजुरी दिएको मेडियाहबका प्रमुख सोम धिताल बताऊनु हुन्छ ।
मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताए ।उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’
उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए ।‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।
यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।
अर्जुन घिमीरे(पाँडे) , कुमार कट्टेलका टिम र मेडिया हब बिच मनमुटाब भएपछी पुरानो टिमले भद्रगोल छाडेका थिए । यी कलाकारहरूले भद्रगोल छाडेपछी भद्रगोलको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने चाँडै लोकप्रियता कायम गरेको छ । सक्किगोनिका निर्देशक समेत रहेका अर्जुन घिमिरे पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताए ।
सक्किगोनीका कलाकार मिडियाहबका उत्पादन हुन र उनीहरूले भद्रगोल कै पात्रको रूपमा सक्किगोनीमा भूमिका निर्वाह गर्दा भद्रगोलको अस्तित्व नै समाप्त हुने भएकोले ऊजुरी दिएको जनाएको छ । उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई समेत बिपक्षि बनाएर ऊजुरी दिएका हुन ।