बिश्वसुन्दरी जस्ता प्रतियोगितामा सहभागि हुनको लागि सुन्दरताका साथसाथै बौद्धिक क्षमता महत्वपुर्ण हुने मिस प्रिया रानी लामाको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1547 पटक हेरिएको

काठमाण्डौँ, कार्तिक ४ । 

भिजन अनलाईन न्युजको नियमित साप्ताहिक कार्यक्रम भिजन संबाद जापानको फुकुओकाबाट बिगत ५ महिना देखि निरन्तर संचालन हुदै आईरहेको सम्पुर्ण दर्शक स्रोताहरुलाई अवगत गराउन चाहान्छु । बिभिन्न क्षेत्रमा रहि काम गर्दै आउनु भएका ब्यक्तित्वसँग बिबिध पक्षमा रहि कुराकानी गर्दै आईरहेका छौ । बिभिन्न संघसंस्था भित्र रहेका राम्रा नराम्रा क्रियाकलापहरुको चिरफार तथा उजागर गर्दै आईरहेको कार्यक्रमले हालसम्म १५ एपिसोड भिजन एच.डि टि.भि अफिसियल युबट्युब च्यानल र फेसबुक पेजबाट प्रसारण गरिसकेको छ ।

यसै क्रममा पछिल्लो समय बिश्व सुन्दरीहरुको क्षेत्रमा रही काम गर्दै आउनुभएका तथा मिस कस्मोपोलाईटन वोल्ड २०१९ का बिजेता मिस प्रिया रानी लामासँग बिश्व सुन्दरीहरुको अवस्था, भावी योजना र राष्ट्रप्रतिको दायित्व बिषयमा महत्वपुर्ण बहस समेत गरेका थियौ । त्यसै क्रममा बिश्व सुन्दरी जस्तो अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिन र बिजेता हाँसिल गर्न सुन्दरामात्रले नपुग्ने र त्यसको लागि सबै भन्दा महत्वपुर्ण बौद्धिक क्षमता रहेको जनाएका छन । आजसम्म अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिहरुले कुनै पनि प्रतियोगिताको बिजेता नभईरहेको अवस्थामा आफु मिस कस्मोपोलाईटन २०१९ बिजेता हुन पाउदा खुसी लागेको र यस क्षेत्रमा आउने भावि पुस्तालाई आफ्नो बौद्धिक क्षमतालाई निखार्न समेत सुझाब दिए ।

बिभिन्न पेशा ब्यबसायमा समेत संलग्न रहदै आएका बिश्व सुन्दरी प्रिया रानी लामा सधै सकारात्मक सोच्नुपर्ने र सकारात्मक सोचले नै ब्यक्तिलाई सफलता तर्फ उन्मुख गराउने जनाउदै सबैलाइृ सकारात्मक भावनाको बिकास गर्न समेत सुझाब दिनुहुन्छ । उनै Miss Cosmopolitan World 2019 का बिजेता मिस प्रिया रानी लामासँग गरिएको भिजन संबाद कार्यक्रम हेर्न तलको भिडियो क्लिक गर्नुहोला ।

मिस प्रिया रानी लामासँग गरिएको भिजन संबाद कार्यक्रम हेर्न तलको भिडियो क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार