काठमांडौ, कार्तिक, २ । आदरणीय जनगायक जीवन शर्माका छोरा अमृत आचर्य येतिबेला शिक्षण असपताल महाराजगंजको आइसीयू कक्षामा उपाचर गराईरहेका छन । परीवारका अनुसार उनको अन्ननलिमा जटिल समस्या देखेपछि उनलाइ ऊपचारको लागी शिक्षण अस्पताल भर्ना गरिएको हो ।डाक्टर रंजन सापकोटाको नेतृत्वको टिमले लगातार एक घण्टा सम्म मेजर अप्रेशन गरेर तत्कालको लागी खत्रामुक्त गरेको छ ।
‘मनमोहनका चिकित्सकले एकदिन पनि ढिलो गरेनन् । रातको १२ बजेदेखि शल्यक्रिया थाले । बिहानसम्म लगाएर अन्ननलीसँगै अड्किएको हाडको टुक्रा निकालियो ।’ तर उनको अर्कों ठुलो अप्रेसन गर्नु पर्ने डाक्टरले बताएक़ा छन उनको अप्रेशनमा अमृतको अन्ननलीसम्म काट्नु पर्ने सम्भावना रहेको डाक्टरले बताएको छ ।चिकित्सकहरुका अनुसार अमृतको अन्ननली प्रत्यारोपण गर्न मिल्दैन ।उपाचार ख़र्च र समय पनी धेरै लाग्ने भएकोले आफन्त तथा साथीभाईले दिएको सहयोग पनि लाज नमानी लिने गरेको जनगायक जीवनशर्माले बताएको हुन ।
आमाशयको थैली काटेर त्यसबाट अन्ननली बनाउनुपर्छ । त्यसका लागि अर्को ठुलो अपरेसन गर्न पर्नेछ र त्यसका लागि ४० लाख रूपैयाँ भन्दा बढी खर्च लाग्नेछ । आर्थिक अवस्था निकै कमजोर भएका शर्माको लागि ४० लाख रकम भनेको धेरै ठुलो हो ,रकम कसरि जुटाउने भनि शर्मा सारै चिन्तित छन् ,जनताका गायकलाई आ आफ्नो ठाँउबाट सहयोग गर्नेबेला आएको छ ।
जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा दु:खी, गरिब र निमुखा किसानको लागि गाउने गायक जिबन शर्मा अहिले महाराजगंज स्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो थेरापिक बिभागमा छोराको उपचार गराई रहेका छन् । आफुसंगै १० बर्ष क्रान्ति गरेका नेता कार्यकर्ताहरू देशकै सम्मानित पदमा पुगिसके पनि गायक शर्मा भने बिना लोभ साधारण जीवन बिताईरहेका छन ।
सिमली छायामा बसी भरिया दाई , जस्ता थुप्रै चर्चित गित जुन जनताको पक्षमा गाउँदै हिड्ने गर्ने ब्याक्ति हुन् जिबन शर्मा आज उनै गायक शर्मालाई दशै दशा भएर आएको छ । जीवनमा देश र जनताका लागी गायका गीत आज उनकै जीवनमा मिल्न आएको छ । उनै जनगायक जीवन शर्मालाई सहयोग गर्नको लागी बिश्व भरीबाट सहयोग रकम संकलन जारी रहेको बिभिन्न देशका अभियान्ताहरूले सामाजिक संजालबाट जानकारी गराएका छन ।
यतिबेला शर्माले गाएको गीतको याद आउँछ…
कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा
हलो जोत्नु, गिटी कुट्नु होला राम्रो धन्दा
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो
बितोस बरु जिन्दगी पसिनामै हाम्रो
चाहिँदैन मलाई सिसाको महल …
०००
तपाई पनि जनगायक जीवन शर्माको दुःखमा साथ दिन इच्छुक हुनुहुंछ भने निजलाई सम्पर्क गरी सहयोग गर्न सक्नुहूनेछ । साथै इच्छुक महानुभाब र सहायोगी मनहरुलाइ सहयोग़ समेत गरिदिनु हुन भिजन अनलाईन न्युज परिवार सबैमा हार्दिक अनूरोध गर्दछौ र अमृत आचार्यको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछौ ।
जिबन शर्माका केही चर्चित गीत तपाईको लागी हेर्नको लागी तल क्लिक गर्नुहोला ।