राष्ट्रपतिको जापान भ्रमणमा एनआरएनए जापानको दिवाभोज

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  896 पटक हेरिएको

जापान, अक्टोबर १९ । जापानका सम्राटको राज्यभिषेकमा जापानको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी  भण्डारीको आसन्न जापान भ्रमणको क्रममा यही , अक्टोबर २१ तारीख  गैर आवासीय नेपाली संघ जापान तथा गैर आवासीय नेपाली संघ आइसिसिका निवर्तमान अध्यक्ष भवन भट्टको संयुक्त आयोजनामा दिवा भोज कार्यक्रम गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ जापानका महासचिव जनकबिक्रम शाहीका अनुसार, दिवा भोज , बिहान ११:३० बजेबाट १:३० बजे सम्म ग्राण्ड हायातरोप्पोंगी हिल्समा आयोजना हुनेछ ।  साथै, एनआरएनए जापानले उक्त दिवाभोजमा जापान स्थित सम्पूर्ण संघसंस्था, बुद्दीजिवि तथा दाजु भाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि अनुरोध पनि गरेको छ । ग्राण्ड हायात रोप्पोंगी हिल्समा हुने दिवा भोजमा सहभागिताका लागि प्रवेश शुल्क स्वरुप जनही ५ हजार येन तोकेको छ । सहभागी हुन इच्छुक व्यक्तिहरुले  यहि २० तारीख सम्म ईमेल अथवा, संस्थाको आधिकारीक फेसबुक पेजमा मेसेज गरी जानकारी गराउनुपर्ने हुन्छ।

सहभागीहरूले तलको सम्पर्क विवरणमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Email: gsnccjpn@gmail.com

मिति : २०१९/१०/२१

समय : ११:३० – १:३०

स्थान : ग्राण्ड हायात रुपंगी हिल्स, ५१ तला, होराइज हल

ड्रेसकोड : नेपाली पोसाक अथवा सुट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार