कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगका सम्पूर्ण परिक्षा कार्यक्रम अर्को ब्यबस्था नभएसम्मको लागि स्थगित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1145 पटक हेरिएको


काठमाडौँ, कार्तिक ३ ।  

लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएको सबै परीक्षा स्थगित गर्ने सूचना जारी गरेको छ । आयोगको आज बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोग भित्रै पनि कोरोना संक्रमण फैलिएका कारण र सर्बोच्च अदादतले हालै जारी गरेको आदेशका कारण पनि परिक्षा स्थगित गर्ने निर्णय भएको हो ।

यो तालिकाको अनिश्चितताले लोकसेवाले हालै खोलेको संयौ कर्मचारीका लागि विज्ञापन पनि प्रभावित हुने देखिएको छ ।
आयोगले जनशक्ति व्यवस्थापन एवं परीक्षाका उम्मेद्धारहरुमा देखिएको भयका कारण परीक्षा रोक्नु परेको जनाएको छ । तर उक्त परिक्षा कहिले संचालन गर्ने भन्ने बारे कुनै निर्णय गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार